डा. ठाकुरको संयोकत्वमा वीरगञ्जमा गठन भयो ज्येष्ठ प्राध्यापक समाज

वीरगञ्जमा ज्येष्ठ प्राध्यापक समाजको शाखाको तदर्थ समिति गठन भएको छ । वीरगञ्जको ठाकुरराम क्याम्पसमा सोमबार अवकाश प्राप्त प्राध्यापकहरुको भेलाले समिति गठन गरेको हो ।
डा. हरेराम ठाकुरको संयोजकत्वमा गठित समितिको सचिवमा हरिशंकर प्रसाद साह र सदस्यमा हरिबहादुर वैद्य, सिताराम शरण र डा. मञ्जु श्रेष्ठ छन् । अहिले तदर्थ समितिको रुपमा गठन भएको सो समितिलाई निकट भविष्यमा वृहत छलफल गरी विस्तार गरिने सचिव साहले जानकारी दिए ।
अवकाश प्राप्त प्राध्यापकहरुको हित प्रवद्र्धन र पहलको उद्देश्यले यो समिति बनाइएको जानकारी दिइएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालयका सबै निकाय र सरोकारका मन्त्रालयमा समन्वय गरिने साहको भनाइ छ ।
तदर्थ समिति गठनका लागि भएको छलफलमा ज्येष्ठ प्राध्यापक समाज नेपालका केन्द्रीय अध्यक्ष डा. विमलकुमार शर्मा, निवर्तमान अध्यक्ष प्राडा बसन्तलाल श्रेष्ठ, महासचिव प्राडा सिद्धीप्रसाद कोइराला र सदस्य प्राडा इन्द्रबहादुर कार्कीको सहभागिता थियो ।



