No Image Headlineखबर फटाफटदेश

राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं मोबाइल अफ गरेर बेपत्ता, कोको पक्राउ परे ?

राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलन हिंसात्मक भएपछि त्यसको अगुवाइ गर्नेमध्येका ३ जना पक्राउ परेका छन् । संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । उपत्यका प्रहर प्रमुख एआईजी टेकबहादुर तामाङले नेपाल पक्राउ परेको पुष्टि गरे ।

यसअघि उपत्यका प्रहरीले जन आन्दोलन परिचालन समितिको संयोजन समितिका सदस्य रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपा महामन्त्री डा धवलशमशेर राणालाई पनि नियन्त्रणमा लिएको छ । उनीहरू सबै आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारीहरूलाई भेट्न विभिन्न अस्पताल पुगेका थिए ।

राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ । यस्तै राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए । त्यसपछि आफूलाई पक्राउ गर्न आउँन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कविहीन भएका छन् । उनलाई प्रहरीले खोजी रहेको छ ।

यसैबीच प्रसाईंले आफूलाई प्रहरीले पक्राउ गर्न लागेको सूचना आएको बताएका छन् । उनले आन्दोलनमा सरकारले एकजना युवाको हत्या गरेको जिकिर गरेका छन् । प्रसाईंले राजावादीले आगो लगाउँदा जलेका पत्रकार सुरेश रजकबारे केही बोलेका छैनन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button