No Image Headlineअर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड : हालसम्मकै उच्च, किन बढिरहेको छ भाउ ?

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज सुनको मूल्य प्रतितोला चार हजारले बढेर एक लाख ७४ हजार पाँच सय कायम भएको छ।

बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए।

‘अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो’, उनले भने।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button