खेल संसार

अजिंक्य रहाणे केकेआरका नयाँ कप्तान, वेंकी माइसोरले अनुभवलाई दिए प्राथमिकता

कोलकाता नाइट राइडर्स (केकेआर) ले अनुभवी खेलाडी अजिंक्य रहाणेलाई टोलीको कप्तान नियुक्त गरेको छ। केकेआरका प्रमुख कार्यकारी अधिकृत वेंकी माइसोरले रहाणेको नेतृत्व क्षमतासहित तनावपूर्ण अवस्थामा टोलीलाई नियन्त्रणमा राख्ने खुबीका कारण उनलाई कप्तान चयन गरिएको बताएका छन्।

कप्तानको दौडमा रहाणेसँगै अलराउन्डर वेंकटेश ऐयार पनि प्रतिस्पर्धामा थिए। ऐयारले कप्तानीको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका थिए, तर फ्रेन्चाइजले रहाणेलाई प्राथमिकता दिँदै ऐयारलाई उपकप्तान बनाएको छ।

सन् २०२४ को सिजनको सुरुवातमा रहाणे रिलिज भएका थिए, तर अक्सनमार्फत केकेआरले उनलाई पुनः अनुबन्ध गरेको हो। रहाणेले ऐयार उपयुक्त विकल्प भए पनि अनुभव कठिन परिस्थितिमा निर्णायक हुने बताए।

गत सिजन केकेआरलाई उपाधि जिताएका कप्तान श्रेयस ऐयार अहिले पञ्जाब किङ्समा छन्। यस वर्षको अक्सनको पहिलो दिन अनसोल्ड रहेका रहाणेलाई दोस्रो दिन केकेआरले १.५ करोड भारुमा अनुबन्ध गरेको हो। रहाणेले यसअघि सन् २०२२ मा केकेआरका लागि ७ खेल खेलेका थिए, जुन सिजन टोली सातौँ स्थानमा रहेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button