खेल संसार

फरेस्टसँग म्यानचेस्टर सिटी पराजित

इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी १-० पराजित भएको छ। कालुम हडसन कोलाइको गोलमा नटिङघम फरेस्टले सिटीलाई हराएको हो।

गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ८३ औँ मिनेटमा मोर्गान गिब्स ह्वाइटको पासलाई उपयोग गर्दै हडसनले सिटीविरुद्ध निर्णायक गोल गरेका हुन्।

तालिकामा फरेस्ट ५१ अङ्कसहित तेस्रो तथा सिटी ४७ अङ्कसहित चौथो स्थानमा छन्। पाँचौँ स्थानमा रहेको चेल्सीले आइतबार लिसेस्टर सिटीलाई हराउँदै सिटीलाई पछि पार्ने सम्भावना छ।

यो पराजयपछि सिटी र ब्रिङटन पनि सिटीको नजिक पुगेका छन्। ब्रिङटनले शनिबार भएको खेलमा फुलहामलाई २-१ ले हरायो। यसैगरी, अस्टन भिल्लाले पनि ब्रेन्टफोर्डसँगको खेलमा १-० को सफलता पायो। ब्रिङटन ४६ अंकसहित छैटौँ तथा अस्टन भिल्ला ४५ अङ्कसहित सातौँ स्थानमा छ।

शनिबार भएका प्रिमियरसिपका अन्य खेलमा उल्भ्स र एभरटन बिच १-१ गोलको बराबरी भयो भने त्रिस्टल प्यालेसले इप्सविचलाई १-० ले हरायो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button