खबर फटाफट

वीरगञ्जको माईस्थानमा १३५ जनालाई निशुल्क भोजन

बृहस्पति फाउंडेशन नेपालद्वारा वीरगञ्जको माईस्थानमा निशुल्क भोजन वितरण कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा १३५ जना लाई निशुल्क भोजन सेवा प्रदान गरिएको आयोजकले बताएको छ ।

साहित्यकार ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्य रहेको थियो । विशिष्ट अतिथिमा गहवामाई रथयात्रा समितिका महासचिव पप्पु गुप्ता, होटल आदर्शका संचालक समाजसेवी विजय सर्राफ, माईस्थान मंदिरका पूजारी धनश्याम उपाध्याय, फाउंडेशनका सदस्य सहयोगीहरु रवि कांत दुबे, रजनीकांत दुबे, ओम गुप्ता, पायल चौधरी, खुशबु चौधरी, नीतू चौधरी, लक्ष्मी साह, मुकेश रौनियार, दिपक साह, फाउंडेशन का कोषाध्यक्ष चंदन पंडितको विशेष सहयोग रहेको फाउंडेशनका अध्यक्ष ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले बताए । दुबेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button