खबर फटाफटदेश

लागूऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार

पश्चिम नवलपरासीमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले चार राउन्ड गोली प्रहार गरेको छ, जसमा एक व्यक्ति घाइते भएका छन्।

बिहीबार राति ८ बजे रामग्राम नगरपालिका–१२ पचगाँवामा रहेको राजेश लोनियाको घरमा लागूऔषध (ब्राउनसुगरजस्तो देखिने पदार्थ) लुकाइ राखिएको गुप्त सूचना पाएपछि प्रहरीले नियन्त्रण प्रयास गरेको थियो।

नवलपरासी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा गएको पाँच सदस्यीय टोली र लोनियाबीच झडप भएको थियो।

प्रहरी टोलीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रतिकार गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। उनी भाग्न खोज्दा प्रहरीले चार राउन्ड गोली चलाएकोमा एक गोली उनको बायाँ खुट्टामा लागेको छ। घाइते लोनियालाई पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ९३ पुरिया ब्राउनसुगर बरामद गरेको छ भने लागूऔषध कारोबारमा संलग्न रहेको अर्का एक व्यक्ति फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button