No Image Headlineखबर फटाफटदेश

आजको मौसम : पश्चिमी वायुको प्रभाव, एक-दुई स्थानमा हल्का वर्षाको संभावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल  कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । पू्र्वी तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।

आज हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का बर्षाको संभावना रहेको छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button