खेल संसार

सन्दीपलाई क्यानले किन गर्‍यो कारवाही ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ । क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो ।

सन्दीपले मधेस प्रदेशमा भएको जय ट्रफीका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । सोही घटनामा क्यानले सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अम्पायरको निर्णयले खेलाडीलाई असर गरेको समेत उनले लेखेका थिए । जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको‌ कप्तानी गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button