स्वास्थ्य/जिवनशैली

यी हुन् बेसनका ४ फेस प्याक, जसले बनाउँछ तपाइँको छालालाई सुन्दर

हरेक व्यक्तिमा सुन्दर र आकर्षक देखिन चाहने चाहना स्वाभाविक हो। तर, उचित जानकारी र उपायको अभावमा धेरैले आफ्नो छालाको सुन्दरतामा सुधार गर्न सकिरहेका छैनन्। छालाको प्राकृतिक हेरचाहका लागि घरेलु उपायहरू प्रभावकारी हुन सक्छन्, जसमा बेसनको प्रयोग विशेष रूपमा लोकप्रिय छ।

विशेषगरी चलचित्र र टेलिभिजन स्क्रिनमा देखिने कलाकारहरूको चम्किलो छालाले धेरैलाई प्रभावित पार्छ। यस्तै सुन्दरता पाउन घरमै पनि सरल उपायहरू अपनाउन सकिन्छ। चना (बेसन) को पिठो, जो शताब्दीयौंदेखि छालाको हेरचाहका लागि प्रयोग हुँदै आएको छ, छालाको स्वास्थ्य र चमक सुधार्न महत्त्वपूर्ण छ।

विशेषज्ञहरूका अनुसार, बेसन छालाको मृत कोशिका हटाउने, अतिरिक्त तेल नियन्त्रण गर्ने, टेनिङ कम गर्ने र छालाको पीएच स्तर सुधार्न सहायक हुन्छ। यहाँ छालाको विभिन्न समस्यालाई समाधान गर्न प्रयोग गर्न सकिने केही बेसन फेस प्याकबारे चर्चा गरिएको छ:

१. बेसन, दही र बेसारको फेस प्याक

सुख्खा र नीरस छालाका लागि उत्कृष्ट मानिने यो प्याक छालालाई नमी प्रदान गर्छ।

  • २–३ चम्चा बेसनमा १ चम्चा दही र एक चिम्टी बेसार मिसाएर पेस्ट बनाउनुहोस्।
  • यसलाई अनुहारमा १५–२० मिनेट लगाएर सुकाउन दिनुहोस् र मनतातो पानीले धोउनुहोस्।
    यसले टेनिङ कम गर्न र छालाको दाग हटाउन मद्दत गर्दछ।

२. एलोभेरा र बेसनको फेस प्याक

एलोभेराका एन्टिअक्सिडेन्ट र भिटामिन सी तथा ई छालाका लागि लाभदायक छन्।

  • १ चम्चा बेसनमा १ चम्चा एलोभेरा जेल मिसाउनुहोस्।
  • यो मिश्रणलाई अनुहारमा लगाएर १०–१५ मिनेटपछि धोउनुहोस्।
    यो उपायले छालालाई चिसो बनाउने, मुँहासे शान्त पार्ने र छालाको रंग सुधार्ने काम गर्छ।

३. बेसन र मुलतानी मिट्टीको फेस प्याक

तैलीय छालाका लागि यो विशेष प्रभावकारी उपाय हो।

  • २ चम्चा मुलतानी मिट्टीमा १ चम्चा बेसार मिसाएर बाक्लो पेस्ट बनाउनुहोस्।
  • पेस्टलाई अनुहारमा १५–२० मिनेट लगाएर सुकाएपछि मनतातो पानीले धोउनुहोस्।
    यसले छालाको अतिरिक्त तेल र फोहोर हटाउँछ र ताजगी प्रदान गर्छ।

४. बेसन र टमाटरको फेस प्याक

टेनिङ कम गर्न यो प्याक उत्कृष्ट मानिन्छ।

  • टमाटरको रस निकालेर १–२ चम्चा बेसन मिसाउनुहोस्।
  • अनुहारमा लगाएर १० मिनेटपछि हल्का मसाज गर्दै धोउनुहोस्।
    यसले छालाको टोन सुधार्ने र चमक थप्ने काम गर्छ।

प्राकृतिक र घरेलु उपायहरू सधैं सुरक्षित र असरकारक हुन्छन्। छालाको प्रकारअनुसार सही उपाय छनोट गर्दा राम्रो परिणाम पाइनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button