प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा पत्रकार शिवनाथ यादव, १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा पत्रकार शिवनाथ यादव चुनिएका छन् । प्रेस सेन्टरको आठौं अधिवेशनले यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा कृष्णमोहन साह, महिला उपाध्यक्षमा समिना रञ्जितकार, सचिवमा अजित कुमार भूजेल, सहसचिव विदुर गौतम र रञ्जित यादव, कोषाध्यक्ष सञ्जित गुप्ता भएका छन् ।
सदस्यहरुमा रितेन्द्र झा, माधव तिमिल्सीना, दीपेन्द्र प्रसाद, बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु, विशाल पटेल, सन्तोष कुशवाहा र संजोग गिरी चुनिएको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।
त्यसअघि भएको उद्घाटन सत्रका उपाध्यक्ष देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय महतोलगायतले शुभकामना मन्तव्य दिएका थिए ।




