चन्द्रमा वा मङ्गल ग्रहमा मानिस बस्ने घर कस्तो होला ?

अण्डा आकारको यो संरचनाजस्तै अन्तरिक्षमा भारतीय अन्तरिक्षयात्रीहरूको भविष्यको घर देखिएला त?
ह्याब-१ (Hab-1 अर्थात् ह्याबिट्याट-१ को सङ्क्षिप्त रूप) भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोको पहिलो “एनलग मिशन” हो जसले वास्तविक अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयात्रीहरूलाई कम्प्युटरमा प्राविधिक रूपमा अन्तरिक्षको जस्तै अवस्था सिर्जना (सिम्युलेशन) गरेर तयार पारिन्छ।
भारतको उच्च हिमाली भाग लद्दाखमा हालै तीन सातासम्म त्यसको परीक्षण गरिएको थियो। गुजरातमा अवस्थित आका कम्पनीकी अन्तरिक्ष आर्किटेक्ट आस्था काचा-झलाले बीबीसीलाई बताएअनुसार अन्तरिक्षको अवस्थाको सिम्युलेशनले अन्तरिक्षमा जानुअघि अन्तरिक्षयात्री तथा उपकरणहरूले सामना गर्न सक्ने समस्याको पहिचान तथा सम्बोधन गर्न सहयोग गर्छ।

ह्याब-१ मा के छ?
ह्याब-१ को निर्माणका लागि अन्तरिक्षमा नबिग्रिने खालको उच्चगुणस्तरीय ‘टेफ्लोन’ प्रयोग गरिएको छ। भित्र र बाहिरको ताप छेक्न औद्योगिक प्रयोजनको फोम प्रयोग गरिएको छ। ह्याब-१ मा ओछ्यान छ र ‘वर्कस्टेशन’का रूपमा बाहिर तान्न सकिने ‘स्टोअवे ट्रे’ छ। विभिन्न सरसामान र आपत्कालीन सामग्री राख्ने ठाउँ, खाना तताउनका लागि एउटा ‘किचेनट’ र शौचालय पनि छन्। एक अन्तरिक्षयात्रीले उक्त सिम्युलेशनमा एक्लै तीन साता बिताए।
“चन्द्रमा अथवा मङ्गल ग्रहमा [अन्तरिक्षयात्रीले उपयोग गर्न] सीमित स्थान मात्र हुन्छ भन्ने कुरा ध्यानमा राखेर ह्याब-१ बनाइएको छ,” काचा-झलाले भनिन्। बीबीसी



