No Image Headlineअर्थ

वीरगञ्ज कलेजको स्वागत कार्यक्रममा व्यवस्थापन र प्राविधिक शिक्षाको महत्वमाथि जोड

औद्योगिक शहर वीरगञ्जमा व्यवस्थापन र प्राविधिक शिक्षाको महत्व बढ्दै गएको विषयमा विभिन्न वक्ताहरुले जोड दिएका छन्। वीरगञ्ज कलेजले शनिबार कक्षा ११ का विद्यार्थीहरूका लागि आयोजना गरेको तालीम कार्यक्रमको उद्घाटन सत्रमा यो कुरा उठाइएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका अध्यक्ष सुबोधकुमार गुप्ताले शिक्षण संस्थाहरूले व्यावसायिक जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए। उनले सैद्धान्तिक शिक्षाका साथै व्यावहारिक ज्ञानको आवश्यकता औंल्याउँदै हालको शिक्षा प्रणालीलाई व्यवसाय-अनुकूल बनाउन सुझाव दिए।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले शैक्षिक योग्यतासँगै सकारात्मक सोच र दक्षता सफलताको मुख्य आधार भएको बताए। उनले मधेश शिक्षाको क्षेत्रमा पछि परेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि अझै धेरै सुधारको आवश्यकता रहेको धारणा राखे।

कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले नेपालको शिक्षा नीति र नियमले दक्ष जनशक्ति उत्पादनमा अवरोध पुर्याएको टिप्पणी गरे। “शिक्षा नीतिमा सुधार नगरेसम्म शिक्षामा गुणात्मक परिवर्तन सम्भव छैन,” उनले थपे।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले विद्यार्थीलाई क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरे। वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले शैक्षिक योग्यतासँगै व्यावहारिक ज्ञानले नै व्यक्तिलाई सफल बनाउने बताए।

कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालयका प्रतिनिधि, विद्यालय सञ्चालक, सञ्चारकर्मी र अन्य क्षेत्रका अगुवाहरूको उल्लेख्य उपस्थिति थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button