No Image Headlineस्वास्थ्य/जिवनशैली

सामाजिक सञ्जाल बढी हेर्नुहुन्छ ? होस गर्नुहोस तपाइँको मष्तिस्क कुहिँदैछ

सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने प्रवृत्तिले मानिसको मानसिक र बौद्धिक अवस्थामा पर्ने नकारात्मक प्रभावलाई व्याख्या गर्न प्रयोग हुने “ब्रेन रट” (Brain Rot) शब्द अक्सफर्ड युनिभर्सिटी प्रेसले २०२३ को “वर्षको शब्द” घोषणा गरेको छ।

यो शब्द विशेषगरी निम्नस्तरीय सामग्रीको अत्यधिक खपतले मानिसको मस्तिष्क र सोच्ने क्षमतामा देखिने क्षयलाई जनाउन प्रयोग गरिन्छ। अक्सफर्डका अनुसार, पछिल्ला वर्षहरूमा यस्तो प्रवृत्ति २३० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

ब्रेन रट के हो?

“ब्रेन रट” लाई सरल भाषामा व्यक्तिको मानसिक क्षमतामा ह्रास आउने अवस्थाका रूपमा परिभाषित गरिएको छ, जुन सामाजिक सञ्जालमा हल्काफुल्का, तर निरन्तर सामग्री हेर्दा उत्पन्न हुन्छ। यो शब्द अंग्रेजीमा “ब्रेन” अर्थात् मस्तिष्क र “रट” अर्थात् कुहिने प्रक्रिया जोडेर बनेको हो।

प्रसिद्ध लेखक हेनरी डेभिड थोरोले १८५४ मा आफ्नो पुस्तक वाल्डेन मा यो शब्द प्रयोग गरेका थिए। उनले लेखेका छन्, “इङ्ग्ल्यान्डले आलु कुहिँदा समाधान खोजिरहेको छ, तर के मस्तिष्कको ह्रास रोक्ने उपाय खोज्नु पर्दैन?”

सामाजिक सञ्जालको प्रभाव र चिन्ता

अक्सफर्डका प्राध्यापक तथा मनोविज्ञ डा. एन्ड्रू शबिल्स्कीका अनुसार “ब्रेन रट” सामाजिक सञ्जालको निम्न-गुणस्तरीय सामग्रीले उत्पन्न मानसिक थकान र असन्तुष्टिलाई जनाउन आधुनिक पुस्ताले अपनाएको शब्द हो।

“यसले हाम्रो डिजिटल दुनियाँप्रतिको चिन्ता झल्काउँछ। यो शब्द हामीले खाली समय कसरी खर्च गरिरहेका छौँ भन्ने गहिरो प्रश्न उठाउँछ,” शबिल्स्कीले भने।

अन्य प्रतिस्पर्धी शब्दहरूलाई पछि पार्दै

“ब्रेन रट” ले “डेम्योर,” “रोमान्ट्यासी,” र “डाइनामिक प्राइसिङ” जस्ता शब्दहरूलाई उछिनेर वर्षको शब्दको उपाधि जितेको हो।

यसअघि, केम्ब्रिज शब्दकोशले “म्यानिफेस्ट” लाई वर्षको शब्द घोषणा गरेको थियो, जसको अर्थ आफूले चाहेको कुरा प्राप्त गर्न सकारात्मक सोच र कल्पनामा आधारित अभ्यास हो।

त्यस्तै, कोलिन्स इङ्ग्लिस डिक्शनरीले “ब्र्याट” लाई वर्षको शब्द मानेको थियो, जसले चार्ली एक्ससीएक्सको सांगीतिक एल्बमसँग सम्बन्धित सांस्कृतिक प्रभाव झल्काउँछ।

सार्वजनिक चासो र भविष्यको सन्देश

अक्सफर्ड ल्याङ्ग्वेजेजका अध्यक्ष क्यास्पर ग्रथवोलका अनुसार, “वर्षको शब्दले हाम्रो समाजको भर्चुअल जीवन र इन्टरनेट संस्कृतिको विकासलाई प्रतिबिम्बित गर्छ। ‘ब्रेन रट’ ले हामीले डिजिटल समयको सकारात्मक र नकारात्मक पक्षलाई गहिरो रूपमा बुझ्न प्रयास गरिरहेका छौँ भन्ने देखाउँछ।” विशेषज्ञहरूले “ब्रेन रट” को चेतावनीलाई बेवास्ता नगर्न र डिजिटल सामग्रीको सन्तुलित उपभोग गर्न सुझाव दिएका छन्। एजेन्सीको सहयोगमा 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button