No Image Headlineअर्थकेपी ओलीमुख्य खबर

अन्तत: नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा भयो हस्ताक्षर

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्य (बीआरआई)को फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेका बेला आज बेइजिङमा आयोजित कार्यक्रममा दुवै देशका अधिकारीहरूले उक्त फ्रेमवर्कमा हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली अहिले चीनको औपचारिक चार दिने भ्रमणमा हुनुहुन्छ । उहाँ गत सोमवार बिहान ११ः१६ बजे हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओली चीन भ्रमणमै रहँदा यसअघि गत मंगलवार दुवै देशबीच ९ बुँदे सहमति र समझदारी भएको थियो ।

उक्त सहमति र समझदारीमा बीआरआईको कुरा उल्लेख नभएपछि प्रधानमन्त्रीको चीन भ्रमणको औचित्यबारे प्रश्न उठेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button