अन्तराष्ट्रिययस्तो पनि

तीन दशक जेल बसेपछि निर्दोष ठहर, १० लाख डलर क्षतिपूर्ति !

संयुक्त राज्य अमेरिकामा २७ वर्ष जेल परेर छुटेका एक व्यक्तिले बाहिर निस्किँदा प्रविधिमा भएको परिवर्तन देखेर आश्चर्य व्यक्त गरेका छन्।

म्यासचूसिट्स राज्यका माइकल सलिभान सन् १९८६ मा हत्याको आरोपमा पक्राउ परेका थिए। अर्को वर्ष उनलाई दोषी ठहर गर्दै जन्मकैद सुनाइयो। तर नयाँ डीएनए प्रविधिले उनी निर्दोष रहेको प्रमाणित गरेपछि उनी अन्ततः निर्दोष ठहर हुँदै जेलमुक्त भए।

यी ६५ वर्षे व्यक्तिले झन्डै तीन दशक जेलमा बिताए। उनले त्रुटिपूर्ण फैसला र निर्दोष भए पनि जेलमा बस्नुपरेकोमा क्षतिपूर्तिस्वरूप १० लाख डलर पाएका छन्।

अहिले उनी समय र प्रविधिका कारण फेरिएको संसारमा बस्न आफूलाई अनुकूल बनाउन खोज्दै छन्।  बीबीसीबाट साभार

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button