देशराजनीति

रवि लामिछानेसँग सहकारी ठगी मुद्दामा बयान जारी, आज पनि बयान लिने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग काठमाडौंको सरकारी वकिलको कार्यालयमा आज पनि बयान लिइँदैछ। गत शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेसँग आइतबारसम्म बयान नसकिएकाले आज थप बयान लिने तयारी भएको हो।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान अझै जारी रहेकाले कम्तीमा आजसम्म उनी काठमाडौंमै रहनेछन्। प्रहरीका अनुसार, बयान चाँडै सकिएमा उनलाई आजै पोखरा फर्काइनेछ।

लामिछानेलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा काठमाडौं ल्याइएको हो। यसअघि उनी कास्की प्रहरीको हिरासतमा रहेका थिए।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button