मधेशमा तस्करीको रजगज : उच्च ओहोदाको ‘सेटिङ’मा धन्धा, जुनियर सुरक्षाकर्मी निशानामा ?
चेकजाँचमा खटिएको सुरक्षाकर्मीलाई गाडीले उडाउने हिम्मत तस्करमा यसै जागेको होइन, गम्भीर विषय भएको विश्लेषण गरिँदै छ

सिरहामा तस्करीमा संलग्न स्कोरपियो गाडीले सशस्त्र प्रहरीका नायब निरीक्षक सई लक्ष्मणप्रसाद यादवलाई किचेर हत्या गरेको छ। आइतबार बिहान भारतीय सीमासँग जोडिएको बडीयारपट्टी–१ कचनारी भित्री सडकखण्डमा गस्तीमा रहेका यादवलाई गाडीले ठक्कर दिएर हत्या गरिएको हो।
अहिले मधेशका जिल्लामा प्रहरी प्रशासनकै संरक्षणमा तस्करी मौलाएको छ । प्रहरी प्रशासनका उच्च अधिकारीहरुको संरक्षण र उनीहरुसँग उठ्बससमेत भएपछि तस्करहरुको मनोवल यति बढेको छ किन तल्लो दर्जाका प्रहरीलाई मान्छे नै गन्दैनन् । राज्य संरक्षित तस्करीले तस्करमा बढेको हेपाहा प्रवृत्तिको उपज हो, आइतबार भएको सई यादवको हत्या ।
जिल्लाका उच्च अधिकारीहरु तस्करसँग साँठगाँठ गरेर अनधिकृत लाभ कुम्ल्याउने, तर ड्युटीमा खटिने जुनियर सुरक्षाकर्मीहरुको तस्कारबाट मारिने स्थिति भनेको कल्पनाभन्दा पनि बाहिरको विषय हो । सम्भवतः हिन्दी फिल्म र सिरियलमा देख्न सकिने यस्तो घटना सिरहामा आइतबार बिहान भएको छ ।
तस्करी नियन्त्रणका लागि भनेर सिमानामा खटिएका औसत सुरक्षाकर्मी तस्करसँगै मिलेपछि यो धन्धानमा लागेकाहरुको मनोबल हत्यासम्म दुरुत्साहित भएको हो । मिलेमतोमा तस्करी बढेपछि बारामा त्यहाँका प्रमुख जिल्ला अधिकारी र भन्सार प्रशासक नै गोप्य रुपमा शंकास्पद नाकाहरुको रात्रिगस्तीमा निस्किएका समाचार सञ्चारमाध्यममा आएका छन् ।
सिमाना खटिएका सुरक्षाकर्मी तस्करसँग मिल्ने र प्रशासकहरु रातिराति पहिचान लुकाएर गस्तीमा निस्किनुपर्ने अवस्थाले मधेशमा तस्करी कुन हदसम्म मौलाएको रहेछ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।
सिमानामा चेकजाँचमा खटिएको सुरक्षाकर्मीलाई गाडीले उडाउने हिम्मत तस्करमा यसै जागेको होइन, गम्भीर विषय भएको विश्लेषण गरिँदै छ ।
घटनाको विरोधमा मृतक यादवका परिवारजनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानमा चक्काजामसहित प्रदर्शन गरेका छन्। उनीहरूले सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निलम्बन गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
सिमाना खटिएका सुरक्षाकर्मी तस्करसँग मिल्ने र प्रशासकहरु रातिराति पहिचान लुकाएर गस्तीमा निस्किनुपर्ने अवस्थाले मधेशमा तस्करी कुन हदसम्म मौलाएको रहेछ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।
तस्करीमा प्रयोग भइरहेको स्कोरपियो गाडी नेपालबाट भारततर्फ जाँदै थियो। सई यादवले गाडी रोकेपछि चालकले ठक्कर दिएर भाग्न खोज्यो। ठक्करबाट यादवको मृत्यु नभएपछि तस्करले गाडी ब्याक गरेर पुनः किच्दै हत्या गरेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी ७ नम्बर गणका प्रमुख एसपी नरेश भण्डारीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले तस्करलाई रोक्ने क्रममा घटना भएको हो। स्कोरपियो भाग्न सफल भएकाले यसमा मदिरा मात्र नभई सुपारी, सुकुमेल, लागूऔषधजस्ता बहुमूल्य सामग्री हुन सक्ने आशंका गरिएको छ।
एक प्रहरी अधिकृतले जिल्लाका प्रहरी प्रमुख र प्रशासनका अधिकारीहरूको मिलेमतोमा तस्करी भइरहेको आरोप लगाए। उनले भने, यो सामान्य घटना होइन। १० जनाको सशस्त्र टोली हुँदा पनि एक प्रहरीको हत्या हुनु शंकास्पद छ।
यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



