
रबि लामिछाने लाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका नेता कार्यकर्ताले दिएका छन् । उनीहरुले बुधबार पर्सााका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएर यस्तो चेतावनी दिएका हुन् ।
रास्वपा पर्साले विरोध र्यालीसहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हो । रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको बृहत जुलुसमा प्रधानमन्त्री केपी ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको मुखौटो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केहीबेर तनाब भएको थियो ।
जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा नन्दन यादब, प्रदेश सदस्य पुर्षोतम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र ,फैयाद मिया ,पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
जुलुस र कार्यक्रममा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछाने अझ पनि हिरासतमा राखी रहे अब देश रबिमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए । उनले भने, अब देश र जनताले रबि निर्दोष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रबिको पक्षमा उर्लिएको छ ।
कार्यक्रममा पुर्ब सभापति दिलिप कुर्मी , उपसन्योजक तुलशा अधिकारी ,प्रदेश सदस्य सुदिश प्रजापति ,सब्बु कंडेल शिक्षा बिभागका सोनालाल पटेल , पालिका सभापति हरु माधब बस्नेत , उमेश गुप्ता ,प्रदिप पटेल र पुर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो भने कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।



