No Image Headlineखबर फटाफटदेश
रुँगटा वेयल फेयर सोसाइटीद्वारा वीरगन्ज कारागारमा छठ सामग्री वितरण

रुँगटा वेयल फेयर सोसाइटीले वीरगन्ज कारागारका महिला कैदी बन्दीहरूलाई छठ पूजा सामग्री वितरण गरेको छ।
सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरसितको सहकार्यमा कारागारका ६० जना कैदी बन्दी महिलालाई साडी तथा पिठो वितरण गरिएको रूँगटा वेयल फेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुँगटाले जानकारी दिए।
कार्यक्रममा सुरक्षा निकाय तथा समाज सेवी, नागरिक समाज, संचारकर्मीको सहभागिता थियो।



