No Image Headlineखबर फटाफटदेश

रुंगटा वेलफेयर सोसाइटीद्वारा ३२० विपन्न महिलालाई छठ पर्वका सामग्री वितरण

वीरगञ्जस्थित रुंगटा वेलफेयर सोसाइटीले आर्थिक रूपमा कमजोर परिवारका लागि यो वर्ष पनि छठ पूजामा आवश्यक सामग्री वितरण गरेको छ। आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, मनियारीमा आयोजित कार्यक्रममा सोसाइटीले ३२० जना ब्रतालु महिलालाई विशेष पूजाका सामग्री र साडी वितरण गरेको हो।

छठ पर्वको तयारीका लागि सोसाइटीले प्रत्येक महिलालाई एक थान साडी, पूजामा प्रयोग सामग्री प्रदान गर्‍यो। यस कार्यक्रमले विशेष गरी गरिब र विपन्न समुदायका महिलालाई लक्षित गरेको थियो, जसले आर्थिक कठिनाइका कारण पर्व मनाउन सकस भोगिरहेका छन्।

रुंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटाको नेतृत्वमा सोसाइटीले यस किसिमको कार्यक्रम गर्दै आएको छ। उनले भने, “छठ पर्व हाम्रो साझा सांस्कृतिक पर्व हो, र आर्थिक अभावका कारण कुनै पनि परिवार पर्व मनाउनबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो। यसलाई ध्यानमा राखेर हामीले प्रत्येक वर्ष यस्ता सामग्री वितरण गर्दै आएका छौँ।”

सुरेश रुंगटाले थपे, “यो सहयोगले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छौँ। हरेक परिवारले उत्साहपूर्वक पर्व मनाउन सकोस् भन्ने हाम्रो चाहना हो।” सोसाइटीका अन्य पदाधिकारी र स्वयंसेवकहरूको सहयोगमा वितरण गरिएको सामग्रीले मनियारी र वरपरका बस्तीका परिवारहरूलाई राहत मिलेको स्थानीयवासीले बताएका छन्।

छठ पर्वको समयमा गरिने यस्तो सहयोगले स्थानीय स्तरमा सामाजिक सद्भाव र सहयोगको भावना बढाएको छ। यसका साथै, वर्षेनी गरिब तथा विपन्न परिवारलाई यस प्रकारको सहयोग पुर्‍याउन सोसाइटीले प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button