खबर फटाफटदेशमुख्य खबर

मौसम पूर्वानुमान : आज केही स्थानमा पानी पर्ने सम्भावना, भोलि टीकाको दिन मध्यम वर्षा

आज देशका केही ठाउँहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज देशभर मौसम बदली भएको छ। साथै, भोलि भाइटीकाको दिन थप बदली हुँदै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भोलि कोशी प्रदेशको पहाडी क्षेत्रका एक/दुई स्थान र केही तराई क्षेत्रहरूमा, साथै बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

आज काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ। देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले यो परिवर्तन भएको हो। आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना पनि छ।

यसैबीच, देशभर चिसो बढ्न थालेको छ। मौसमविद्हरूका अनुसार यस हप्ताबाट चिसो अझै बढ्ने सम्भावना छ। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार नोभेम्बर ९ पछि तापक्रम तीन डिग्री सेल्सियससम्म घट्न सक्छ, जसले गर्दा चिसो झनै बढ्न सक्छ।

चिसोको कारण दम, रुघाखोकी, ज्वरो जस्ता समस्याहरू हुन सक्ने भएकाले स्वास्थ्य विज्ञहरूले आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button