No Image Headlineदेश

पीडामाथि पीडा : एक महिना बितिसक्दा सङ्कलन हुन सकेन क्षतिको विवरण

गत असोज १०–१२ मा परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकमा बाढीपहिरोका कारण ठूलो जनधन क्षति भएको छ। ७८ जनाको मृत्यु, ७९ जना घाइते, र छ जना अझै बेपत्ता छन्। करिब ४ हजार घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने सात हजार घर आंशिक रूपमा क्षतिग्रस्त छन्।

सडक, पुल, खानेपानी, विद्युत्, सञ्चार, र स्वास्थ्य संरचनामा व्यापक क्षति भएको छ। कृषि क्षेत्रमा ४२ करोडभन्दा बढीको क्षति पुगेको र १२ करोड बराबरको पशुपक्षी क्षति भएको छ। सरकारी र सार्वजनिक भवनहरू समेत प्रभावित भएका छन्।

स्थानीय तहहरूले हाल पूर्ण क्षतिको विवरण सङ्कलन गरिरहेका छन् भने जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारी ध्यानाकर्षण गराइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button