No Image Headlineखबर फटाफटदेश

गुणस्तरीय स्वास्थ्य सेवामा ठोरी बन्यो पर्साकै पहिलो पालिका

पर्सा जिल्लाको ठोरी गाउँपालिका गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा पहिलो स्थानमा परेको छ। प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठोरीलाई जिल्लाभर पहिलो स्थानमा राखेको हो।

स्वास्थ्य सेवामा गरेको उत्कृष्ट कार्यका लागि ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ।

मधेश प्रदेशका सबै पालिकाहरूमा भने ठोरी तेस्रो स्थानमा पर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले जानकारी दिएका छन्।

उनले भने, स्वास्थ्य सेवासम्बन्धी १२ सूचकका आधारमा मूल्यांकन गर्दा ठोरीले यो स्थान हासिल गरेको हो।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button