खबर फटाफटदेश

आजको मौसम : कुन कुन प्रदेशमा हुँदैछ वर्षा ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले मधेश, बागमती, र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसोको लागि मौसम पूर्वानुमान अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी क्षेत्रमा आंशिक बदली भए पनि मुख्यतया मौसम सफा रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा, साथै कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भेगमा केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। रातिको समयमा, देशका पहाडी भेगहरूमा आंशिक बदली रहे पनि अन्य क्षेत्रमा मौसम सफा रहनेछ।

कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। सूर्योदय बिहान ६:०८ बजे भएको थियो भने सूर्यास्त साँझ ५:२८ बजे हुनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button