
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा वीरगञ्जमा सो पार्टीका कार्यकर्ताले सरकारको ‘शवयात्रा जुलुश’ निकालेका छन्।
आज रास्वपा पर्साद्वारा घन्घरबाट निकालिएको जुलुश नगर परिक्रमा गरी घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
जुलुश घण्टाघर पुगेपछि प्रहरीले हस्तक्षेप समेत गरेर सांकेतिक शब खोसेको थियो ।
राजनीति प्रतिसोध साध्न राज्य शक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको भन्दै रबि लामिछानेलाई अबिलम्ब छोड्न माग गरेका थए । रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तले अगुवाइ गरेको प्रदर्शनमा प्रदेश सदस्य तुलशा अधिकारी, सुदिश प्रजापती, सब्बु कंडेल पुर्शोतम उपाध्याय ,पालिका सभापतिहरु माधब बस्नेत ,प्रदीप पटेल दिपराज पटेल ,मुर्ली जलान माइकल सापकोटालगायत नेता कार्यकर्ता हरुको उपस्तिथि थियो ।
कोणसभामा केन्द्रिय सदस्य डा नन्दन यादब , पुर्ब संयोजक दिलिप कुर्मी क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाज मिया र पालिका सभापति चन्दन गुप्तालगायतले मन्तव्य राखेका थिए । कोणसभाको सहजीकरण प्रमोद रारायमाझीले गरेका थिए ।



