यस्तो पनि
मरुभूमिमा विषालु बिच्छी खोज्दै वैज्ञानिकहरू !

पाकिस्तानको मरुभूमिमा मध्यराततिर वैज्ञानिकहरूको एउटा टोली हिजोआज बिच्छीको खोजीमा निस्किन्छ।
प्रयोगशालामा ल्याइसकेपछि अनुसन्धानकर्ताहरू ती बिच्छीको पुच्छरबाट विष निकाल्छन्। बिच्छीको विषमा निकै उपयोगी यौगिकहरू हुन्छन्।
वैज्ञानिकहरू बिच्छीको विषबाट क्यान्सर र पीडाको उपचार गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छन्।
तस्करहरूले पनि बिच्छी समात्ने र विष निकाल्ने गरेको पाइन्छ। अवैध बजारमा एक लिटर विषको लाखौँ डलर पर्ने बताइन्छ। बीबीसी



