एक सातामै २ पटक सगरमाथा आरोहण गर्ने यी साहसी फोटो पत्रकार

अन्ततः फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक साता भित्रै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी छिन् । ट्वीटरमा सगरमाथा आरोहण गरिसकेपछिको भिडियो शेयर गर्दै उनले गत मे १२ तथा मे १९ का दिन एक सातामै दुई पटक सगरमाथाको सफल आरोहण गरेको गौरवशाली क्षण भिडियोमार्फत शेयर गरेकी हुन् ।
‘एक हप्ता भित्र ९मे १२ र मे १९० दुई पटक सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेकी छु भन्ने वास्तविकता सुनाउन पाउँदा म असाध्यै गौरवान्ति भएकी छु, आरोही श्रेष्ठले भनेकी छिन्– ‘अँध्यारोमै खुम्बु आइसफल पार गर्न हामीले मध्यराति १२ः३० बजे आधार शिविर छोडेका थियौं । तपाईंलाई थाहा, मलाई त्यो बेला असाध्यै निद्रा लागेको थियो, वर्षौंदेखि ननिदाएको जस्तो अनुभव भएको थियो ।’
‘केही घण्टा अथवा दिनलाई मात्र होइन, म राम्ररी निदाउन चाहन्थेँ, उनले ट्वीट गर्दै भनेकी छिन्– ‘त्यसका लागि म त्यो दिन त्याग्नसमेत तयार भएकी थिएँ, राम्ररी निदाएर अर्को राति अघि बढ्ने सोचेकी थिएँ, तर मेरो टीमले मलाई जसरी भए पनि हिँड्न प्रेरित गर्यो । यद्यपि, मेरो शरीरले निद्रा नै चाहिरहेको थियो ।’
‘वास्तवमा मेरा आँखाहरू निदाउन चाहन्थे, तर मेरो सपनाले मलाई त्यो रात ग्लाशियरसंग–संगै हिँड्न तथा भोलिपल्ट डेथ जोनमा पुग्न प्रेरित गर्यो, उनले भनेकी छिन्– ‘आरोहणको मुख्य दिन ममा बेग्लै उर्जा थियो, त्यसैले म बिहान ३ः०५ बजेको समयमा शिखरमै पुगेँ । त्यहाँ निकै अँध्यारो थियो, र सधैं जस्तै तिब्र गतिमा हावासमेत चलिरहेको थियो ।’
‘मैले यस पटक पनि संसारको सर्वोच्च शिखरबाट उत्कृष्ट दृश्य पाउन सकिन, तर शिखरको अनुभूति भने जादुमय थियो, सगरमाथाले मलाई स्वागत गर्यो, र त्यो मेरो लागि पर्याप्त थियो, उनी भन्छिन्– ‘मेरो टोलीको साथ बिना यो सम्भव थिएन ।’
श्रेष्ठले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छिन् । उनले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृह जिल्ला गोरखास्थित मनास्लुबाट प्रारम्भ गरेकी थिइन् । २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् ।
त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि आरोहण गरिन् । उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन् ।
श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारितामा आवद्ध छिन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी छिन् ।



