बढ्दो गर्मीसँगै तराईका अस्पतालमा बढ्न थाले बिरामी

गर्मी अत्यधिक बढेपछि तराईका जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखालालगायतका बढीमात्रामा छन् । यहाँको अस्पतालमा अहिले दैनिक दुई हजारसम्म बिरामी पुग्ने गरेका छन् । विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको बताइएको ।
एक चिकित्सकले भने, अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो । अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ ।
अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि चितवनको भरतपुर अस्पतालमा टिकट काउन्टर थप गर्न लागेको छ ।
बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । अहिले तराइका जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ ।
आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह चिकित्सकले आग्रह गरेका छन्। गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने उनीहरुले बताएका छन् ।



