स्वास्थ्य/जिवनशैली

सिकाउन नसकिने चार गुण, जसले मानिसलाई सफल बनाउँछ

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका छन्। चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो।

अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो विश्वभर प्रख्यात  छ। यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ। चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ।

चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा मानिसको चार गुणका बारेमा बताइएको छ। ती गुण हुने मानिस सफल मानिस र राम्रो नेता बन्न सक्ने बताइएको छ। यी गुणहरु पछि सिक्ने कुरा होइनन्, केही खास मानिसहरुमा जन्मजात नै हुन्छ भन्ने चाणक्यले उल्लेख गरेका छन्। यसको प्रभावबाट मानिस सफल हुन सक्छन्।
चाणक्य नीतिको श्लोकमा भनिएको छ-

१. दानी हुनु
दान दिनु कुनै व्यक्तिको स्वाभाव नै हुन्छ। कुनै पनि व्यक्तिलाई दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन। यस्तो बानी मानिसको मनभित्रै हुन्छ। यसर्थ, कसैलाई पनि दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन।

२. निर्णय लिने क्षमता
कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिँदैन। जसले उचित समयमा उचित निर्णय लिन सक्छ, ऊ सफल हुन्छ। गलत समयमा सही निर्णय लिएर मानिस सफल हुन सक्दैन।

३. धैर्यता
धैर्य रहन सक्नु मानिसको सबैभन्दा राम्रो गुण हो। कठिन समयमा आफूलाई धैर्यवान बनाइराख्न सक्नु मानिसको धेरै उत्कृष्ट गुण हो। धैर्यवान मानिसले खराब समय सकिएपछि राम्रो काम गर्न सक्छ। तर, धैर्यता पनि सिकाउन सकिँदैन। यो मानिसको जन्मजात गुण हो।

४. मीठो बोली
मीठो बोल्नु पनि मानिसको सबैभन्दा राम्रो गुणमध्ये एक हो। यस्तो गुण मानिसको स्वाभावमै हुन्छ। कसैलाई मीठो बोल्न कहिल्यै पनि सिकाउन सकिँदैन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button