स्वास्थ्य/जिवनशैली
मानिसबाट कुकुरमा सर्यो मंकीपक्स, सचेत रहन डब्लुएचओको आग्रह

श्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।
गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।
‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौँ कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भने ।
मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रहसमेत गरेको छ ।



