खबर फटाफट

रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै

आज विश्वभर रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालस्थित रूसी सांस्कृतिक केन्द्रले पनि आज अपराह्न विशेष कार्यक्रमको आयोजना गर्दै दिवस मनाउने जानकारी दिएको छ।

यो दिवस आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जन्मजयन्तीको अवसरमा मनाइएको हो। संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी सञ्चार विभागको पहलमा सन् २०१० देखि हरेक वर्ष जुन ६ मा यो दिवस मनाउने परम्परा सुरु गरिएको हो।

संयुक्त राष्ट्रसङ्घले रूसी भाषा दिवसलाई सबै आधिकारिक भाषाको समान प्रयोग सुनिश्चित गर्ने प्रयासका रूपमा लिएको छ। राष्ट्रसङ्घका अनुसार रूसी भाषा संस्थामा प्रयोग हुने छ वटा आधिकारिक भाषामध्ये एक हो।

यस दिवसको उद्देश्य बहुभाषिकता र सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्नुका साथै संस्थाभित्र सबै भाषाको समान प्रयोगलाई प्रवर्द्धन गर्नु रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button