खबर फटाफट
आँखा उपचारमा सक्रिय महेश सिंह धामी सम्मानित

वीरगञ्जमा आँखा उपचारको क्षेत्रमा क्रियाशील महेश सिंह धामी सम्मानित भएका छन् । वीरगञ्जको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले उनलाई सम्मानित गरेको हो ।
६८ औं सहकारी दिवसको अवसरमा धामी सम्मानित भएका हुन् । आँखा उपचारको क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मनित गरिएको सहकारीले जनाएको छ ।
धामीलाई एक समारोहबीच सम्मानपत्र प्रदान गरिएको छ । धामीले विगत लामो समयदेखि वीरगञ्ज र आसपासका क्षेत्रमा निःशुल्क अँखा शिविर सञ्चालन गर्दै आएका छन् । स्थानीय सरकार र विभिन्न संधसंस्थाहरुसँगको सहकार्यमा यो अभियान चलाइएको छ ।



