अन्तराष्ट्रियखबर फटाफट

आँधीमा गयो २० जनाको ज्यान

अमेरिकामा आएको भीषण आँधीका कारण विभिन्न राज्यमा गरी २० जनाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सबैभन्दा ठूलो क्षति मिसौरी राज्यमा भएको छ, जहाँ १२ जनाले ज्यान गुमाएका छन्।

दक्षिणपूर्वी क्षेत्रका धेरै घर ध्वस्त भएका छन् भने सडकमा पार्क गरिएका गाडीहरू पल्टिएका छन्। टेक्सासमा धुलोका कारण कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

आँधीका कारण टेक्सास, मिसौरी र इलिनोइसका धेरै स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। मौसमविद्हरूले ती क्षेत्रमा थप खराब मौसमको पूर्वानुमान गरेका छन्। मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा आँधीको जोखिम उच्च रहेको बताइएको छ।

त्यस्तै, अलाबामा र अर्कान्सासमा पनि ठूलो बाढी आउन सक्ने सम्भावना रहेको राष्ट्रिय मौसम विभागले जनाएको छ। विभागका अनुसार बाढीका कारण जनजीवन अझ कष्टकर बन्न सक्छ।

मिसौरीको आपतकालीन व्यवस्थापन विभागका अनुसार त्यहाँ २५ गाउँमा १० वटा आँधी आएको छ। अर्कान्सासमा तीन जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका छन्। ओक्लाहोमामा पनि एक जनाको ज्यान गएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button