खबर फटाफटदेश

राष्ट्रिय स्वतन्त्र पार्टीको होली मिलन

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र न ४ ले होलि मिलन समारोह कार्यक्रमको आयोजना गरेको छ ।

छिपरमाइ पालिकाको तुलसिबर्बामा रास्वपा पर्साको क्षेत्र न ४ द्वारा होलि मिलन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सभापतिको आशनबाट बोल्दै ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रले स्थानीय पालिकाको बिसङतिका बिषयमा आफ्ना भनाइ राख्दै आगामी चुनावमा आफ्नु दाबेदारि मेयरमा हुने हुँदा सबै स्थानीय लाई सहयोगको लागि अपिल गरेका थिए ।

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले फागुपर्बको शुभकामना दिदै फागुपर्ब सद्भभाबको पर्व भएकोले यस पर्बले हिमाल पाहाड र तराईलाइ एक सुत्रमा बाधेको बताए ।

उनले होलिले आपसी भाइचारा समेत बढाउने बताए । कार्यक्रममा जिल्ला सचीव सुदिस प्रजापति ,उपसचिव कृष्ण पासवान, बिबेक सह प्रमोद रयमाझि , उमेश यादब मनबोध यादब लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button