अन्तराष्ट्रियमुख्य खबर

पाकिस्तानमा पृथकतावादीले गरे रेल कब्जा, कम्तीमा ३० जनाको हत्या

पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो।

समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको हो। सो सङ्गठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ। उक्त रेल क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ।

प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीले जनाएका छन्।

सुरक्षा निकायले दिएको जानकारी अनुसार रेल नियन्त्रणमा लिने क्रममा महिला र बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको थियो। त्यसमा रहेका १०४ जनालाई भने सुरक्षा निकायले उद्धार गरेको छ। उद्धार हुनेमा ५८, पुरुष, ३१ महिला तथा १५ बालबालिका छन्। घटनाको पूर्ण विवरण अझै आइसकेको छैन।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे। यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन्।

भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ। रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button