अर्थमुख्य खबर

बढ्दै अध्ययन र भ्रमण खर्च : ५ महीनामा अध्ययनका लागि बाहिरयो ४७ अर्ब

देशभित्रै स्तरीय विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहे पनि विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको सङ्ख्या लगातार बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै नेपाली विद्यार्थीहरूले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार भ्रमण खर्चमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा भ्रमण व्यय १२.२ प्रतिशतले बढेर ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यसमा शिक्षातर्फको व्यय मात्र ४७ अर्ब ४१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो।

सेवा व्यापारको सन्दर्भमा, गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा २६ अर्ब ५५ करोड रुपैयाँ थियो।

तर, भ्रमण आय भने तीन दशमलव एक प्रतिशतले वृद्धि भएर ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय ३४ अर्ब १२ करोड रुपैयाँ मात्र रहेको थियो।

विदेशी अध्ययन र भ्रमणमा बढ्दो खर्चले देशको सेवा व्यापार घाटामा थप दबाब परेको स्पष्ट देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button