No Image Headlineस्वास्थ्य/जिवनशैली

तौल चाँडो घटाउने दाबी गरिएको वाटर फास्टिङ को हो, कसरी गर्ने ?

वाटर फास्टिंग के हुन्छ ? यसलाई कसरी अपनाउने र यसका के फाइदा र वेफाइदा हुन्छन् ? वाटर फास्टिंगमा पानी बाहेक केही पनि पिउन वा खानु हुँदैन । धेरैले २४ देखि ७२ घण्टाका लागि फास्टिंग गर्छन् । कसैलाई पनि बिना स्वास्थ्य जाँच वा डाक्टरको निगरानी बिना यो भन्दा धेरै फास्टिंग गर्ने सल्लाह दिइँदैन ।

धार्मिक कारणले, तौल कम गर्न, शरीरलाई डिटक्स गर्न तथा मेडिकल प्रक्रियाका लागि शरीर तयार गर्न वाटर फास्टिंग गरिन्छ । कयौं अध्ययनले दाबा गर्छन् कि मोटा व्यक्तिमा वाटर फास्टिंगको धेरै फाइदा छन् ।

यसले केही प्रकारका क्यान्सर, मुटु सम्बन्धी रोग र मधुमेहको जोखिम कम पनि हुन सक्छन् । ४८ व्यक्तिमा भएको एक अध्ययनका अनुसार मेडिकल सुपरभिजनमा १७ दिनसम्म गरिएको वाटर फास्टिंगले सिस्टोलिक ब्लड प्रेसर कम हुन सक्छ ।

वाटर फास्टिंगले एलडीएल कोलेस्ट्रोल पनि कम हुन सक्छ । यसबाहेक यस फास्टिंगले शरीरको तौल कम हुन्छ । २४ देखि ७२ घण्टाको वाटर फास्टिंगमा दैनिक दुईदेखि तीन लिटर पानी पिउनु पर्ने हुन्छ । तर, ध्यान राख्नुहोस् बिना मेडिकल सुपरभिजन वाटर फास्टिंगको कुनै पनि तरिका अपनाउनु हुँदैन ।

वाटर फास्टिंग गरिसकेपछि तपाईंले धेरै भोजन गर्नु हुँदैन । स्मुदी, जुस वा थोरै खानेकुराले फास्टिङ तोड्नु पर्छ । वाटर फास्टिंगले छिटोछिटो तौल कम हुन्छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button