No Image Headlineस्वास्थ्य/जिवनशैली

बालबालिकालाई गर्मीको असरबाट कसरी जोगाउने ?

यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ। गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छस्

सामान्यतः गर्मीमा सनस्ट्रोकको समस्या हुन्छ। यो मौसममा शरीरले आफैंलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ। यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपूर मात्रामा पानी पिउनुपर्छ। हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ। गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउछ। यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ।

धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम हो। यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न। हैजा, टाइफाइड र जण्डिस स् यी सबै पानीका कारण हुने रोग हुन्। यसबाट बँच्न सकेसम्म बाहिर खानुहुन्न। बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ। गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदुषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन्।

ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन्। ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन्। घरवरिपरी जम्मा हुने पानी लामखुट्टेको बासस्थान बन्छन्, लामुखुट्टेको टोकाईका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन्।

कसरी बँच्ने ?

सडकमा बेच्न राखिएका काटेका फलफुल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउनुहोस्। यस्तो मौसममा बच्चाहरुलाई मसालेदार र तारेका खानेकुरा नखुवाउनुहोस्। यस्ता खानेकुरा सजिलोसंग पच्न सक्दैनन्। उनीहरुलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउनुस्।

बच्चालाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैंन। उनीहरुलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ। बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस्। तन्दुरुस्तीका लागि आफूसंगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस्। एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button