No Image Headlineस्वास्थ्य/जिवनशैली

थाहा पाउनुहोस् पुरानो पत्रिकाका फाइदा, यस्ता छन् ५ उपयोगिता

Patanjali Nepal
Sweet Mart Food

बिहानको चियासँग पत्रिका पढ्नुको मजा नै बेग्लै हुन्छ । तर, पत्रिका पुरानो हुँदै गएपछि कोठामा यताउता फालिन्छ । तर, हामीले पुरानो पत्रिकालाई घरका कामहरुमा प्रयोग गर्न सकिन्छ । आज हामी पुरानो पत्रिकालाई कसरी घरको कामका लागि प्रयोग गर्ने भनेर बताउनेछौं ।

१. घरमा भएका पुराना पत्रिकाको सहयोगले सिसाहरु पुछ्न सकिन्छ । यसका लागि पहिला सिसामा पानी स्प्रे गर्नुहोस् र यसलाई पत्रिकाको सहयोगले घोटेर सफा गर्नुहोस् ।

२. पुरानो पत्रिकाहरुको सहयोगले टायलहरु पनि सफा गर्न सकिन्छ । यसका लागि सफा गर्ने लिक्विड पानी टायलमा राख्नुहोस् र पत्रिकाले घोटेर सफा गर्नुहोस् ।

३. पत्रिकालाई साडी वा कुर्ताहरु पट्याएर राख्नका लागि प्रयोग गर्न सकिन्छ । एकमाथि अर्को कढाई भएको कपडा राख्दा एकअर्कामा अल्झिन सक्छ, जसले गर्दा तपाईं बीच बीचमा पत्रिका राख्न सक्नुहुन्छ ।

४. पुरानो पत्रिकाको सहयोगले फ्रिजबाट आइरहेको दुर्गन्ध पनि हटाउन सकिन्छ । यसका लागि पत्रिकालाई हल्का पानी राखेर यसको डल्लो तयार गर्नुहोस् र उक्त डल्लोलाई फ्रिजमा राख्नुहोस् ।

५. फलफूलहरु राख्ने भाँडोमा पत्रिका बिछ्याएर फलफूल राख्दा छिटो बिग्रँदैन । यसरी फलफूल फ्रेस र ताजा रहिरहन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button