No Image Headlineस्वास्थ्य/जिवनशैली

कोलोन क्यान्सर के हो, यो कति खतरनाक छ ?

Patanjali Nepal
Sweet Mart Food

विगतका वर्षहरूको तुलनामा कोलोरेक्टल वा कोलोन (ठूलो आन्द्राको) क्यान्सरका घटनाहरू बढ्दै गएका छन्। कतिपय विज्ञहरूले यसलाई खतरनाक र चिन्ताजनक भनेका छन् भने अन्य कतिपयले यसबारे विश्वव्यापी चेतावनी जारी गरिनुपर्ने धारणा राखेका छन्।

यो ट्यूमरले कोलोन र मलद्वारलाई असर गर्छ अनि यसले बिरामीको स्वास्थ्य र जीवनको गुणस्तरलाई प्रभावित तुल्याउँछ। हालैका वर्षहरूमा यो क्यान्सरबारे नयाँ प्रवृत्तिहरू देखा परेका छन्। कतिपय देशमा बढी उमेरका मानिसहरूमा कोलोन क्यान्सरका घटनाहरू लगभग स्थिर देखिएका छन् भने ५० वर्षभन्दा कम उमेरका बिरामीहरूको सङ्ख्या बढ्दै पनि गएको छ।

क्यान्सर चिकित्सक पाउलो हफ भन्छन्, यदि तपाईँले आजको तथ्याङ्कलाई ३० वर्षको अघिको वृद्धिदरसँग तुलना गर्नुभयो भने आम रूपमा कम उमेरका बिरामीहरूमा कोलोरेक्टल क्यान्सर ७० प्रतिशतसम्म बढेको कतिपय अध्ययनले देखाउँछन्।

कैयौँ देशहरूले यो नयाँ प्रमाणका आधारमा आफ्ना सार्वजनिक स्वास्थ्यसम्बन्धी नीतिहरूमा फेरबदल गरेका छन्। संयुक्त राज्य अमेरिकाले कोलोरेक्टल ट्यूमरका लागि गरिने प्रारम्भिक परीक्षणको न्यूनतम उमेरलाई ५० वर्षबाट घटाएर ४५ बनाएको छ।

प्यान अमेरिकी स्वास्थ्य सङ्गठन (पीएएचओ)का अनुसार कोलोरेक्टल क्यान्सर संसारभरका पुरुषमा सबैभन्दा धेरै देखिने क्यान्सरका प्रकारहरूमध्ये तेस्रो क्रममा आउँछ भने महिलाका हकमा दोस्रो।

पीएएचओको प्रतिवेदनअनुसार संयुक्त राज्य अमेरिकामा आम रूपमा बढी देखा पर्ने चौथो क्यान्सरका रूपमा यसलाई लिने गरिन्छ। प्रत्येक वर्ष त्यहाँ कोलोन क्यान्सरका २ लाख ४६ हजार नयाँ बिरामी देखा पर्छन् भने करिब १ लाख १२ हजार मानिसको यसकै कारण मृत्यु हुने गर्छ।

अध्ययनहरूले हालैका दशकहरूमा कोलोरेक्टल क्यान्सरका घटनाहरू ल्याटिन अमेरिका र क्यारिबीअनमा बढेको देखाउँछन्। औसत आयु, जीवनशैलीमा देखिएको फेरबदल र पोषणलाई त्यसको प्रमुख कारण मान्ने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घको ग्लोबल क्यान्सर अब्जर्भेटरीका अनुसार नौ वटा ल्याटिन अमेरिकी देशहरूमा सन् १९९० यता यो क्यान्सरका घटना र यसले निम्त्याउने मृत्युहरूमा वृद्धि भएको पाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button