अर्थमुख्य खबर

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत, महँगी साढे ६ प्रतिशत

एसियाली विकास बैंक एडीबीले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। दक्षिण एसियाका ८ देशमध्ये धेरै आर्थिक वृद्धि हुनेमा नेपाल पाँचौँ स्थानमा रहेको एडीबीले जनाएको छ।

बिहीबार एसियन डेभलपमेन्ट आउटलुक एडीओ सार्वजनिक गर्दै एडीबीले उक्त प्रक्षेपण गरेको हो। आगामी आर्थिक वर्षमा वृद्धिदर अझ बढेर ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

यता महंगी दर समेत चालू आवमा ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। आगामी आवमा यस्तो दर घटेर ६ प्रतिशतमा झर्ने बताइएको छ।

दक्षिण एसियामा चालू वर्ष सबैभन्दा बढी भारतको ७ प्रतिशत, बंगलादेशको ६.१ प्रतिशत, माल्दिभ्सको ५.४ प्रतिशत, भुटानको ४.४ प्रतिशत, पाकिस्तान र श्रीलंकाको समान १.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको छ।

एडीबीका अनुसार चालू वर्ष समग्रमा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत र आगामी वर्ष ६.६ प्रतिशत रहनेछ। त्यसैगरी यस क्षेत्रको महंगी ७ प्रतिशत र आगामी वर्ष घटेर ५.८ प्रतिशत रहने प्रक्षेपण छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button