खबर फटाफटदेश

हिरासतमा रहेका एमाले नेता रायमाझी अस्पताल भर्ना

Thrill Factory
Rungta Group

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका निलम्वित सचिव टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ ।

रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजाे भर्ना गरिएको हाे ।

चिकित्सकहरूले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् । उनलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको थियो । 

उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले रायमाझीको मुटुको चालको निगरानी गरिरहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button