खेल संसार

कोलकाताको विजयी सुरुवात : हैदवादमाथि रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि रोमाञ्चक जित निकालेको छ।

टस जितेर कोलकातालाई ब्याटिङको निम्तो दिएको हैदरावाद चार रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको कोलकाताले सात विकेटको क्षतिमा २०८ रन बनाएको थियो। २०८ रनको चुनौतीका लागि कोलकाताका दुई ब्याट्सम्यानले अर्धशतक बनाए।

फिल साल्टले ४० बलमा ५४ रन बनाए भने आन्द्रे रसेल २५ बलमा ६४ रन बनाउँदै नटआउट रहे। उनले चाँडै अर्धशतक पूरा गर्न सात वटा छक्का प्रहार गरेका थिए।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको हैदरावाद पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २०४ रनमा समेटिएको हो। हैदरावादका लागि हेनरिक क्लासेनले ६३ रनको अर्धशतकीय इंनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन।

आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो। शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो।

आइपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच हुनेछ । दोस्रो खेलमा राति ८ बजे गुजरात टाइनेन्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button