देशमुख्य खबर

मन्त्री बन्न नपाएपछि जसपामा लफडा, ७ जना सांसद दल दर्ताका लागि निर्वाचन आयोगमा

Patanjali Nepal
Sweet Mart Food

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । उक्त दलका ७ जना सांसदहरू नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोगमा पुगेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले यूएनको कार्यक्रमका लागि अमेरिकामा छन् । उनी अमेरिकाबाट फिरेर अहिले कतार ट्रान्जिटमा छन् ।

गत फागुन २१ गते नेकपा एमाले र माओवादीसँग यादवले सहकार्य गरेपछि जसपामा विवाद बढेको थियो । विवाद बढिरहेको अवस्थामा अध्यक्ष यादव अमेरिकामा रहेका बेला यता अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो ।

राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठ र राजकिशोर यादवसहितका सांसद नयाँ पार्टीको पक्षमा उभिएका छन् । उनीहरू सबैजना एमाले माओवादी गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए । अशोक राई, प्रदीप यादव र राजकिशोराई उपेन्द्रले मिलाएर मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।

पूर्व शिक्षा मन्त्री तथा पार्टीका वरिष्ठ नेता राईले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोग पुगिसकेका छन् । जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको बताइन् ।

विभाजन गरी बन्ने नयाँ दलको पक्षमा ७ जना सांसद रहेको श्रेष्ठले बताइन्। अहिले प्रतिनिधिसभामा जसपामा हाल १२ जना सांसदहरु छन् ।राईले आइतबार नै निर्वाचन आयोगमा दर्ता गर्ने गरी गएका छन् । याँ दलको नाममा नेपाल हटाएर जसपा मात्रै राखिने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button