No Image Headlineअर्थ

घट्दो क्रममा शेयर बजार, स्पष्ट नीतिगत सुधारको पर्खाइमा लगानीकर्ता

Patanjali Nepal
Sweet Mart Food

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । यस दिन नेप्से परिसूचक १ दशलमव २३ प्रतिशत घटेर १ हजार ९७४ दशमलव ३७ विन्दुमा झरेको हो ।

पछिल्लो दुई कारोबारमा दिनमा नेप्से परिसूचक ३१ दशलमव ८९ अंक घटेको छ । आज रू. ३ अर्ब ७९ करोड बराबरको भएको छ । अघिल्लो कारोबार दिन भने रू. ४ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

बजारले स्पष्टरूपमा नीतिगत सुधार खोजेको लगानीकर्ता बताउँछन् । बजार सुधारका उपाय अवम्बलन नगरेसम्म नेप्से अघि नबढ्ने उनीहरूको भनाइ छ ।

लामो समयदेखि नेप्से परिसूचक २ हजार आसपासकै विन्दुबाट पुनः तल झरिरहेको देखिन्छ । बैंकमा अधिक तरलता र निरन्तर घट्दो ब्याजदरको अवस्थामा पनि बजार माथि जान नसकेपछि नीतिगत सुधार अनिवार्य रहेको जानकार बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button