देशमुख्य खबर

सुन तस्करी प्रकरण : महरालाई के गर्ने भन्नेमा माओवादी पदाधिकारी अनिर्णयको बन्दी

Thrill Factory
Rungta Group

नेकपा माओवादी केन्द्रले सुन प्रकरणमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष महराको विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ । प्रवक्ता सापकोटाले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने बताए ।

स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक चलिरहँदा महरालाई फोन गरेर राजीनामा दिन सुझाव दिएका थिए । उनले महरालाई आफैँ राजीनामा दिने कि निलम्बन गरौँ भनेर सोधेको बताइएको छ ।

बैठकमा अध्यक्ष दाहालले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button