अन्तराष्ट्रिय

भारतमा कुन दलले कति पाए चन्दा ?

Thrill Factory
Rungta Group

भारतको निर्वाचन आयोगले आफ्नो वेबसाइटमा निर्वाचन बण्डको तथ्याङ्क सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको आदेशपछि स्टेट बैंक अफ इन्डिया (एसबीआई)ले चुनावी बन्डको तथ्याङ्क निर्वाचन आयोगलाई हस्तान्तरण गरेको थियो ।

निर्वाचन आयोगले निर्धारित समयभन्दा एक दिन अगाडि अर्थात् बिहीवार आफ्नो वेबसाइटमा एसबीआईबाट चुनावी ऋण पत्रसम्बन्धी प्राप्त डाटा अपलोड गरेको छ । निर्वाचन आयोगले फागुन १५ गते साँझ ५ बजेअघि नै तथ्यांक अपलोड गर्न सर्वोच्च अदालतबाट आदेश पाएको थियो ।

निर्वाचन आयोगले ‘एसबीआईद्वारा प्रस्तावित चुनावी बन्डको खुलासा’को विवरण दुई भागमा राखेको छ । निर्वाचन आयोगले साझा गरेको तथ्याङ्कले चुनावी बन्डहरूमार्फत चुनाव चन्दा प्राप्त गर्नेहरूमा भारतीय जनता पार्टी (बीजेपी), कांग्रेस, एआईएडीएमके, बीआरएस, शिव सेना, टीडीपी, वाईएसआर कांग्रेस र अन्य राजनीतिक दलहरू समावेश भएको खुलासा गरेको छ ।

चुनावी बन्डमार्फत राजनीतिक दलहरूलाई चन्दा दिनेहरूको सूचीमा ग्रासिम इन्डस्ट्रिज, मेघा इन्जिनियरिङ्, पिरामल इन्टरप्राइजेज, टोरेन्ट पावर, भारती एयरटेल, डीएलएफ कमर्शियल डेभलपर्स, वेदान्त लिमिटेड, एपोलो टायर, लक्ष्मी मित्तल, एडलवाइज, पीभीआर, केभेन्टर, सुला वाइनस समावेश छन् । वेलस्पन, सन फार्मा आदि छन् ।

बीजेपी पार्टीले अधिकतम ६ हजार ६० करोड भारतीय रुपिया (भारु) प्राप्त गरेको छ । सूचीमा दोस्रो स्थानमा तृणमूल कांग्रेस छ, जसले १ हजार ६०९ करोड र कांग्रेस पार्टी तेस्रो स्थानमा १ हजार ४२१ करोड भारु छ । तर, कुन कम्पनीले कुन पार्टीलाई कति चन्दा दिएको सूचीमा उल्लेख छैन । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button