No Image Headlineअर्थमुख्य खबरविशेष

मानव विकास सूचकांकमा तीन स्थान माथि उक्लियो नेपाल

Thrill Factory
Rungta Group

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ ।

सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ  स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ औँ स्थानमा थियो ।

यूएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३/०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ ।

प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो ।

१ सय ९३ वटा देश र भूभागहरूमध्ये १ सय ४६ औँ स्थानमा रहेको नेपाल मध्यम मानव विकास श्रेणीमा परेको यूएनडिपीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता तथा आर्थिक वृद्धिमा सुधारको लागि जोड दिएको छ । प्रतिवेदन अनुसार मानव विकासको सूचकांकको पहिलो स्थानमा स्वीजरल्याण्ड रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button