खेल संसार

एट्लेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनमा

Thrill Factory
Rungta Group

एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा एट्लेटिकोले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा एट्लेटिकोले २–१ को नतिजा निकालेपछि खेल २–२ गोलको बराबरी भएको थियो । अन्तिम १६ को पहिलो लिगमा इन्टर मिलान १–० ले विजयी भएको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसैगरी, गएराती नै सम्पन्न अर्को खेलमा बोरुसिया डर्टमण्डले पिएसभीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

योसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । एटलेटिको मड्रिड र डर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन् । अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button